काठमाडाैं उपत्यकामा ११ सयसहित देशभर थपिए २१ सय २० संक्रमित, थप ८ जनाकाे मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार १ सय २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। 

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ।

यस्तै आज २ हजार ४४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ७८  जनाको  पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। हाल देशभर २१ हजार  ३ सय २  जना संक्रिय संक्रमित रहेका छन् भने ४ हजार २ सय ७३ जना क्वारेन्टिनमा छन्।

काठमाडाैंमा थपिए ११ सय संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको छ। 

थप ८ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा २ महिला र ६ पुरुष छन्।

सुनसरीकी २८ वर्षीया महिला, ललितपुरका ६७ वर्षीय पुरुष, काठमाडौँका ८३ र ६८ वर्षीय पुरुष, सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, चितवनकी ७६ वर्षीया महिला र कैलालीका ७९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय २८ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-03 17:33:41

प्रतिकृया दिनुहोस्