डाक्टर गोविन्द केसीको औंठाछाप

सेतोपाटी

काठमाडौँ

गिरीश गिरी

ललितपुर दरबार स्क्वायरमा बुधबार बेलुकी दौडादौड पुग्दा प्रदर्शन समाप्त भइसकेको थियो।

कात्तिक नाच डबलीमा औंठाछापका दुईवटा बडेमान पोस्टर र भुइँमा केही लतपतिएका रंग मात्र बाँकी थिए।

सत्याग्रही डा. गोविन्द केसीका औंठालाई यतिबेला विभिन्न तवरले प्रदर्शनमा प्रयोग गरिँदै आएको छ। यहाँ त्यसै औंठाछापको मुन्तिर रातो धर्को पनि थियो।

‘संसारमा एक व्यक्तिको अर्कोसँग कदापि नमिल्ने एउटै मात्र निशानी यही औंठाछाप हो,’ पोस्टर तयार पारेका कलाकार रविन्द्र श्रेष्ठ अर्थ्याउँदै थिए, ‘यो तलको रातो रंग चाहिँ रगतको प्रतीक हो, जसले आममानिसको प्रतिनिधित्व गर्छ।’

प्रकाशित मिति: : 2020-10-01 16:40:31

प्रतिकृया दिनुहोस्