पूर्व अर्थमन्त्री खतिवडा अमेरिका र पूर्व मुख्यसचिव रेग्मी बेलायतका लागि राजदूत सिफारिस

सरकारले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत बनाउने निर्णय गरेको छ। बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले आजै राजीनामा दिएका मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।

राष्ट्रियसभाको सदस्यको पदावधी सकिएपछि र त्यसपछिको ६ महिना अर्थमन्त्री रहेका खतिवडाले गत भदौ २० गते राजिनामा दिएका थिए । त्यस लगत्तै खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आर्थिक सल्लाहकारमा नियुक्त गरेका थिए ।

यस्तै सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन्।

प्रकाशित मिति: : 2020-10-01 11:44:59

प्रतिकृया दिनुहोस्