भाेकाएका सर्वसाधारणलाई खाना खुवाए बाबुरामले

कोरोना महामारीका कारण रोजगारी र काम गुमाएकाहरुलाई राजधानीको खुलामञ्चमा हाम्रो टिम नेपाल, मानवी  क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले खाना खुवाउँदै आएका छन्। 

बुधबार खाना बाँड्ने मान्छे भने अरु दिन भन्दा नौला देखिए। पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराई पनि खुलामञ्चमा पुगेर खाना बाँडे।

विहान साढे ९ बजे आएका उनले करिब २० मिनेट खाना बाँडेका थिए। खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी पनि गरे।

बाल्टीमा दाल, तरकारी र खाना बाँड्न पूर्वप्रधानमन्त्री नै आउँदा कतिपयले आफ्नो बाध्यता पनि सुनाएका थिए। भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन्।

प्रकाशित मिति: : 2020-09-30 14:43:34

प्रतिकृया दिनुहोस्