मास्क-स्यानिटाइजरमा ह्वारह्वार्ती बाहिरिँदै पैसा, साढे ३ महिनामा १ अर्ब २५ करोड बाहिरियो

लोकान्तर

काठमाडौँ

परिवर्तन देवकोटा

पछिल्लो साढे तीन महिनामा मास्क तथा स्यानिटाइजरको आयातका कारण मात्रै नेपाललाई सवा अर्बभन्दा बढीको आर्थिक भार परेको छ । 

कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण बढ्दै जाँदा मास्क, स्यानिटाइजर तथा अन्य डिसइन्फेक्सन सामग्री आयातका कारण सो अवधिमा १ अर्ब २५ करोड १७ लाख रुपैयाँभन्दा बढीको आर्थिक भार परेको सरकारी तथ्यांकले देखाएको हो ।

मास्क तथा स्यानिटाइजरको आयात बढ्न थालेदेखि भन्सार विभागले जेठ १५ बाट औपचारिक रूपमा मास्क, स्यानिटाइजर तथा डिसइन्फेक्सनका सामग्रीहरूको आयातको पनि छुट्टै तथ्यांक राखेको थियो । 

जसअनुसार हालसम्म मुलुकबाट स्यानिटाइजरका लागि मात्रै ५५ करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । 

प्रकाशित मिति: : 2020-09-30 13:06:42

प्रतिकृया दिनुहोस्