कोरोना सँगसँगै ‘सरुवा भाइरस’ : मन्त्रालयमा १ वर्ष पनि टिक्दैनन् सचिव !

लोकान्तर

काठमाडाै‌

२नम्बर प्रदेश सरकारका मन्त्रालयहरू २०७४ माघदेखि अस्तित्वमा आए । त्यसयता मन्त्रालयहरूमा सचिवको ‘सरुवा भाइरस’ले नराम्ररी संक्रमण गरेको छ ।

प्रदेशका मन्त्रालयमा आएका अधिकांश सचिवले कार्यकालको १ वर्ष पनि पूरा गरेका छैनन् । बीचमै सरुवा भएर अन्यत्र जान्छन् । 

कोरोना भाइरस संक्रमणको महामारीका बेला प्रदेशस्तरमा कोरोना रोकथामका लागि काम गर्नुपर्ने मन्त्रालय हो सामाजिक विकास मन्त्रालय । तर यसबीच मन्त्रालयमा सचिवको सरुवा भाइरस घुस्यो । मन्त्रालयले प्रशासनिक नेतृत्वमा स्थिरता पाएन ।

सामाजिक विकास मन्त्रालयमा साढे २ वर्षको अवधिमा ९ जना सचिवको सरुवा भएको छ । मन्त्रालयको स्थापनाकालमा सरुवा भएर आएका सचिव डा. किरण रूपाखेतीले मात्रै १ वर्ष काम गरे । उनी सरुवा भएर गएको केही महिनासम्म दानीकान्त झाले निमित्त सचिवको रुपमा काम गरे ।त्यसपछि सचिव भएर आए देवीराम भण्डारी । तर उनले पनि लामो समय काम गर्न पाएनन् । भण्डारीको सरुवापछि दिलिपकुमार ठाकुरले निमित्त सचिवको जिम्मेवारी सम्हाले ।

त्यसपछि तेजराज पाण्डे, भरतमनि सुवेदी, रामप्रसाद घिमिरे, भुपाल बरालले सचिवको रुपमा काम गरेका छन् ।

प्रकाशित मिति: : 2020-09-29 18:07:09

प्रतिकृया दिनुहोस्