राप्रपा महाधिवेशन केन्द्रित

पार्टी एकता पश्चात राष्ट्रिय प्रजातन्त्र पार्टी महाधिवेशन केन्द्रित भएको छ। पार्टीले आगामी बैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गने निर्णय गरिसकेको छ। 

राप्रपाको यसपटक महाधिवेशन प्रतिनिधि सकृय सदस्यताको आधारमा छनौट हुनेछ। महाधिवेशनमा गाउँ पालिका, नगर, प्रदेश सभा क्षेत्र,संघिय क्षेत्र र जिल्ला अध्यक्षहरु स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । 

प्रत्येक प्रदेश सभा क्षेत्रीय कार्य समितीबाट ८ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने छ। प्रतिनिधिमा महिला,जनजाति,उत्पीडित,थारु र पिछडिएको बर्गको सहभागिता सुनिश्चित गरिएको छ। 

Imageमहाधिवेशन प्रतिनिधि बन्नको निमित्त गाउँपालिका,नगरपालिका,उपमहानगरपालिका र महानगरपालिकामा क्रमशः ५१, १०१, २०१ र ३०१ न्युनतम सकृय सदस्य सख्या निर्धारण गरिएको छ।

तोकिएको सदस्य संख्या भन्दा दुई गुणा सक्रिय सदस्यता बनाए थप एक महाधिवेशन प्रतिनिधि बन्न सक्ने समेत निति बनाइएको छ ।

पार्टी अध्यक्ष त्रयको उपस्थितिमा आज महाधिवेशन केन्द्रित बिशेष कार्ययोजना प्रस्तुत गरिएको छ। 

पार्टीको बैधानिक ब्यवस्था, सांगठानिक अबस्था र सकृय सदस्यता अभियान बारे बोल्दै अध्यक्ष कमल थापाले  कार्यतालिका र समय सिमालाई मध्यनजर गर्दै महाधिवेशन केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। 

Image

कार्ययोजना प्रस्तुत गर्दै थापाले महाधिवेशनलाई संगठन निर्माणमा उपयोग गर्दै बैकल्पिक शक्तिको रुपमा  पार्टीलाई स्थापित गर्ने गरि काम गर्नुपर्ने आबश्यकता औल्याए। 

पार्टी अध्यक्ष पशुपतिशमशेर राणाले सत्तारूढ दलको अकर्मण्यता र प्रतिपक्षी दलको प्रभाबहिन भुमिकाबाट जनतामा निराशा छाएकोले राप्रपा जनताको मन जितेर बलियो बन्नु पर्ने बिचार ब्यक्त गरे । 

अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले तल्लो तहसम्मको संगठन निर्माण अहिलेको प्रमुख आबश्यक्ता भएकोले संगठन सुदृढीकरण अभियानलाई महत्त्वका साथ देशब्यापी बनाउनु पर्ने बिचार ब्यक्त गरे ।  

Imageआगामी महाधिवेशनमा प्रबासबाट समेत प्रतिनिधि सहभागी हुनेछन् । करिब ५ हजार महाधिवेशन प्रतिनिधिको सहभागीता रहने केन्द्रिय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

बर्तौलाका अनुसार आजको कार्यक्रममा सचिवालय कार्य ब्यबस्था समिती, बिधान मस्यौदा सुझाव समिती र केन्द्रिय सचिवालयमा रहेका नेताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: : 2020-09-28 20:02:33

प्रतिकृया दिनुहोस्