नेपाल प्रहरीलाई 'खास नलागेको' त्यो भयावह सडक दुर्घटना !

थाहा खबर

काठमाठाैं

असोज ७, २०७७ उदयपुर : १० महिनाअघि  भएको सवारी दुर्घटनामा पाँच सदस्य गुमाएको उदयपुरको एक परिवारले अझै क्षतिपूर्ति र न्याय पाउन सकेको छैन। सुनसरीको कोशी गाउँपालिका-७ हरिपुर चोकमा गत वर्ष मंसिर १४ गते शनिबार सवारी दुर्घटना हुँदा उदयपुरको त्रियुगा नगरपालिका-१० का एकै परिवारका पाँच जना र चालक सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आएको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिएको थियो। सो दुर्घटनामा त्रियुगा नगरपालिका-१० बस्ने ८५ वर्षीया शिवमाया राई, छोरा ५० वर्षीय तुलबहादुर राई, भतिज ३२ वर्षीय दिनेश राई, ज्वाई ६१ वर्षीय उद्धव राई, नातिहरु ३१ वर्षीय दुर्गाधन र २८ वर्षीय टेकेन्द्र राईको घटना स्थलमै मृत्यु भएको थियो। यस्तै, त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको थियो।
 

प्रकाशित मिति: : 2020-09-23 15:10:36

प्रतिकृया दिनुहोस्