भूकम्पको धक्का किन फरक फरक मापन गरिन्छ ?

काठमाडौं : बुधबार बिहानै ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर भूकम्प गयो। २०७२ सालको भूकम्पपछि आएको सबै परकम्पभन्दा यो ठूलो थियो। करिब १० सेकेण्डसम्म गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने यसलाई परकम्प मानेको छ।   बिहानै गएको भूकम्प धक्काबाट त्रसित मानिसहरु कराउँदै बाहिर निस्केका थिए। लगत्तै सामाजिक सञ्जालमा भूकम्पको धक्काबारे चर्चा हुन थाल्यो। रेक्टर र यसको क्षतिबारे पनि सामाजिक सञ्जालमा निकै हल्लाखल्ला नै भयो। एकैछिनपछि यसको केन्द्रविन्दु र रेक्टर स्केलबारे केही जानकारी सञ्चारमाध्यममा प्रसारण भए पनि आधिकारिक कुनै पनि सूचना सार्वजनिक भएको थिएन। विभिन्न सञ्चारमाध्यमले समाचार पनि पस्कन थालिसकेका थिए। 'काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस' समाचार आए। आखिर त्यतिबेला सम्म कसैले पनि कति रेक्टरको गयो भनेर उल्लेख गरेका थिएनन्। विभिन्न व्यक्तिले विभिन्न वेभ साइटमा भएका भूकम्पको मापन गरिएका फोटोसहित सामाजिक सञ्जालमा सार्वजनिक गरे। जसमा थियो, युरोपेली संस्था जसले भूकम्पको मापन गर्छ। सिएएइम इएमएसीले ५.५ रेक्टरको भूकम्प नेपाल-चीन सिमाना छिजाङलाई केन्द्रविन्दु बनाएर गएको भन्यो। त्यसपछि फेरि भोटेकोशी, कोदारी र विभिन्न स्थानमा फरक-फरक रेक्टर मानेर भूकम्प गएको पनि सार्वजनिक भयो।  
 

प्रकाशित मिति: : 2020-09-17 17:31:34

प्रतिकृया दिनुहोस्