तीन सरकारी कर्मचारीले करोड लगाएर खोलेको कालिज फार्म

वीरेन्द्रनगरका डिकेन्द्र पौडेल शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्म प्रायः कालिज फार्ममा भेटिन्छन्। 

भेरीगंगा नगरपालिकाका अमिन उनी शुक्रबार छिट्टै बिदा हुने भएकाले बेलुका कालिज फार्ममा जान्छन्।

आफूले गर्नुपर्ने काम र कर्मचारीसँग समन्वय गरी आइतबार बिहानै कार्यालयको कामका लागि निस्कन्छन्।

उनीसँगै सहकार्य गरिरहेका वीरेन्द्रनगरकै गणेश पौडेल र सन्दीप ढकाल पनि कालिज फार्ममा नै काम गरेर आफ्नो बिदाको समयलाई सदुपयोग गर्छन्। गणेश मेहलकुना अस्पतालमा कार्यरत खरिदार हुन् भने सन्दीप गुर्भाकोट नगरपालिकामा अमिन छन्। सात वर्षदेखि सरकारी सेवामा प्रवेश गरेका उनीहरू तीनै जनाले एक वर्ष अघिदेखि वीरेन्द्रनगर-१४ गोठीकाँडामा कालिज फार्म पनि सञ्चालन गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-09-17 16:51:23

प्रतिकृया दिनुहोस्