आधा दर्जन बैङ्कहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, सवारी र घर कर्जा लिनेलाई कुनमा सस्तो ?

रातोपाटी

काठमाडौँ

एलिजा उप्रेती

नेपालीहरुको महान् चाड दसैँ तथा तिहार नजिकिँदै छ । चाडवाडमा विशेष गरी नयाँ नयाँ सवारी साधन, नयाँ घर खरिद गर्ने पम्परा नयाँ होइन । यसैलाई मध्यनजर गर्दै नाडा अटो सो र घरजग्गा मेला हुँदै आएको छ ।

सवारी साधन र घर खरिद गर्नेहरु पनि दसैँलाई नै कुरेर बस्ने गरेकोमा यस पटक कोरोना महामारीका कारण अवस्था फेरिएको छ । सवारी साधनका लागि यो समय भनेको बिक्री हुने समय हो ।  तर गत वर्षभन्दा ५० प्रतिशत कम सवारी साधन बिक्री भइरहेको अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्ण दुलाल बताउँछन् । यद्यपि असोज १ गतेबाट (भोलि) सरकारले व्यापार व्यावसाय खुला गरेपछि व्यवसाय विस्तारै रिकभरीतिर जाने आशामा व्यवसायीहरु छन् ।

प्रकाशित मिति: : 2020-09-16 16:11:00

प्रतिकृया दिनुहोस्