रामचन्द्र पौडेलले दिए जापानका नवनियुक्त प्रधानमन्त्री सुगालाई बधाई

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई दिएका छन्।

बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पद सुरक्षित गरेका हुन्।

सुगाले ४ सय ६५ सदस्य रहेको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ३ सय १४ मत प्राप्त गरे भने २ सय ४५ सदस्य रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) मा १ सय ४२ मत प्राप्त गरेका थिए। 

नेता पौडेलले सुगाको नेतृत्वमा अहिलेको विषम परिस्थिति पार गर्दै राम्रो प्रगती हासिल गर्न र विश्व शान्ति तथा भाइचारा कायम गर्न सफल हुने विश्वाससमेत गरेका छन्।

शुभकामना सन्देश दिँदै पौडेलले निकालेको विज्ञप्तिमा सुगाको नेतृत्वमा नेपाल-जापान सम्बन्ध अझ सवल हुँदै जाने विश्वाससमेत गरिएको छ।

प्रकाशित मिति: : 2020-09-16 14:53:44

प्रतिकृया दिनुहोस्