सावधान ! थाहा नपाइ हुनसक्छ ‘डिप्रेशन’

रातोपाटी

काठमाडौं

कोभिड–१९ का कारण सिर्जित समस्याले कयौं मानिसमा मानसिक समस्या देखिन थालेको छ । कोभिड–९ अर्थात् कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चार महिनासम्म जारी गरेको ‘लकडाउन’ र त्यस यताको निषेधाज्ञाका कारण कयौँको व्यापार–व्यवसाय चौपट भएको छ । कयौँको रोजगारी गुमेको छ भने आर्थिक भार बढ्दै गएको छ । यस्ता समस्याका कारण मानिसहरुमा तनाब बढ्ने र मानसिक रोग उत्पन्न हुने गरेको पाइन्छ ।

विभिन्न मुलुकमा खोप तयार भइरहेका कारण आगामी वर्षभित्र कोरोनाभाइरसको प्रकोप नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । तर यसबाट उत्पन्न परिस्थितिले भित्र्याएको मानसिक रोग कोरोनामाथि विजय प्राप्त गरेको वर्षौँसम्म पनि कायम रहन सक्ने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति: : 2020-09-15 10:08:10

प्रतिकृया दिनुहोस्