सार्वजनिक यातायातमा सरकारी मापदण्ड : ठूलालाई चैन, सानालाई ऐन !

थाहा खबर

काठमाडौं

श्याम राई
गोकर्णस्थित माइती नेपाल अगाडी रहेको ग्यारेजमा बा १ ज ५२९६, ६७९१ र ६८०७ नम्बरका तीन वटा माइक्रो बस लहरै राखिएका छन्‌। कुनै बसका सिसा फुटेका छन्‌ त कुनै बसका टायर घाम, पानीले मक्किइसकेका छन्‌। कुनै बसको टायर नै निकालिएको छ, पाटपुर्जामा खिया लागिसकेको छ।

कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन र निषेधाज्ञाका कारण गाडीका पाटपुर्जामा त खिया लाग्यो नै, माइक्रोबस सञ्‍चालक बाबुराम थापाको आर्थिक स्रोत पनि खिइरहेको छ।

अहिले उनलाई दुई वटा चिन्ताले बढी सताइरहेको छ। पहिलो, गाडी किन्‍न लिएको ऋण कसरी तिर्ने? दोस्रो, कसरी परिवार पाल्ने?’ रोजीरोटीको अन्य विकल्प भन्दै ग्यारेजनजिक खोलिएको होटल पनि चल्न छाडेको छ। अहिले बाबुरामको आम्दानी पनि गाडीसँगै रोकिएको छ। 
 

प्रकाशित मिति: : 2020-09-15 10:05:15

प्रतिकृया दिनुहोस्