२१ किलो तौल घटाएका कांग्रेस नेता प्रकाशमान

शोभा शर्मा

काठमाडौं

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह ६ महिनाअघिसम्म आफ्नो तौल, मधुमेह र उच्च रक्तचाप समस्याबाट हैरान थिए। गत वर्ष नै उनी दुईपटक अस्पताल भर्ना हुनुपरेको थियो।

'रोग, त्यसले निम्त्याएको मोटोपन र औषधिबाट म हैरान भएको थिएँ,' शुक्रबार दिउँसो सेतोपाटीसँगको कुराकानीमा सिंहले भने, 'अहिले ठीक छ।'

लकडाउनअघि उनको वजन १०३ किलो थियो। दिनमा १५/२० चक्की औषधि खान्थे। पाँचवटा त प्रेसरकै औषधि खान्थे। दिनको दुईपटक 'इन्सुलिन' लिन्थे।

अहिले उनी ८२ किलोमा झरेका छन्। इन्सुलिन लिन छाडेका छन्। औषधि पनि दिनको तीन चक्कीमा झरेको छ- प्रेसरको दुइटा, मधुमेहको एउटा।

सिंहको तौल घट्नु र स्वास्थ्य सुध्रिनुको कारण के त?

'यो सबै १६ घन्टे उपवासको नतिजा हो,' उनले भने।

उनका अनुसार, अघिल्लोचोटि अस्पतालबाट फर्केपछि पार्टीका केही साथीले बालाजु जेन हेल्थ केयरका डाक्टर मृत्युञ्जय श्रेष्ठसँग जचाउन सुझाएका थिए। त्यहाँ जचाएपछि आफूहरूको मधुमेह सन्तुलनमा आएको उनीहरूको भनाइ थियो।

'लकडाउनअघि मैले साथीहरूसँग डाक्टर श्रेष्ठको नम्बर लिएँ। त्यसपछि बालाजु नै गएर भेटेँ,' सिंहले भने, 'सबभन्दा पहिला उनले मेरो रगत परीक्षण गरे। रिपोर्ट आएपछि भने- तपाईंले खाइरहेका औषधि हटाउनुपर्छ। रिपोर्टले इन्सुलिन तह चाहिनेभन्दा बढी देखाएको छ। तपाईंले पनि चाहिनेभन्दा बढी नै लिइरहनुभएको छ। यो घटाउनुहोस्। बढी भयो भने रक्सीको जस्तै यसको पनि बानी लाग्छ।'

डाक्टर श्रेष्ठको कुरा सुनेर सिंह छक्क परे। अरू ठाउँका डाक्टरले त कहिल्यै औषधि घटाउनुपर्छ भनेका थिएनन्। उनी एकछिन गम खाए।

प्रकाशित मिति: : 2020-09-14 08:20:33

प्रतिकृया दिनुहोस्