महामारीमा लापरवाही : काठमाडौंमै कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी भएन

थाहा खबर

काठमाडौं

अतिन आचार्य
यतिखेर कोरोना (कोभिड-१९) महामारी फैलिएको प्राय: सबैलाई थाहा छ। यो भाइरसबाट विश्वभर दुई करोड ८६ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्‌। मानिसबाट मानिसमा सर्ने भनिएको कोरोना भाइरस लागेका सबै मानिस गम्भीर अवस्थामा नपुगेपनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूलाई निकै सकस परिरहेको छ। अहिलेसम्म संसारभर नौ लाख १८ हजारभन्दा धेरै संक्रमितको ज्यान गइसकेको छ।

संक्रमितलाई मात्र उपचार गरेर यो भाइरस नियन्त्रण गर्न असम्भव छ। त्यसैले, संक्रमितको सम्पर्कमा आएका मानिसहरूको पनि स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। उनीहरूको थ्रोट स्वाब निकालेर संक्रमण भए/नभएको परीक्षण गर्ने कामलाई 'कन्ट्याक्ट ट्रेसिङ' गरिएको भनिन्छ। आफन्त, साथीभाई या आफूले हालै भेटेका व्यक्तिमा संक्रमण पुष्टि हुनासाथ मानिसहरू आफूलाई संक्रमण भए/नभएको थाहा पाउन 'कन्ट्याक्ट ट्रेसिङ'मा जाने गरेका छन्‌। 
 

प्रकाशित मिति: : 2020-09-13 09:37:05

प्रतिकृया दिनुहोस्