बाढीले विस्थापित महिला भन्छन्ः महिनावारी हुँदा गाह्रो हुन्छ

सविता बुढा

कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा साउन १४ गते आएको बाढीका कारण सयौं स्थानीय विस्थापित भए। धेरैजसो स्थानीयलाई हुलाकी सडकमा त्रिपाल हालेर राखिएको छ।

संघसंस्थाबाट त्रिपाल र नगरपालिकाले दिएको रासनले जसोतसो दिन काटिरहे पनि महिला र बालबालिकालाई भने समस्या भएको छ।

१३ वर्षीया किशोरी राजु कामीको परिवार डेढ महिनादेखि हुलाकी राजमार्गमा सडकमा पाल हालेर बसेको छ। यसरी त्रिपालमा बस्नुपर्दा आफूलाई महिनावारी भएको समयमा असाध्यै गाह्रो भइरहेको उनी बताउँछिन्।

'महिनावारी भएका बेला छुट्टै पालमा बस्नुपर्छ। राती खुला पालमा बस्नुपर्दा डर लाग्छ,' उनले भनिन्।  

प्रकाशित मिति: : 2020-09-12 08:36:22

प्रतिकृया दिनुहोस्