काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुने, सवारीसाधनमा जोरविजोर लागू, शैक्षिक संस्था बन्द

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।

उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बुधबार राति १२ बजेदेखि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेकाे हाे।

फाेरमले बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने तर जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ। निजी सवारी साधनमा पनि जोरविजोर प्रणाली लागू हुने काठमाडौंका प्रजिअ जनकराज दाहालले जानकारी दिए। यससँगै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिनेसमेत उनले बताए। 

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ। भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।

त्यस्तै, पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ। बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए।

तर, शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन्। 

यस्ताे छ निर्णय

No description available.

No description available.

No description available.

प्रकाशित मिति: : 2020-09-09 19:04:26

प्रतिकृया दिनुहोस्