'अस्पतालबाट डिस्चार्ज सबै कोरोना संक्रमित निको भएका होइनन्'

थाहा खबर

काठमाडौँ

अतिन आचार्य
मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहँदा दश दिनमा १२ हजार ७ सय २२ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। पछिल्लो समय देखिएका संक्रमितमा लक्षण सहित का संक्रमण बढन थालेपछि अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दश दिनमा कोरोना संक्रमितको संख्या बढने भन्दा अस्पतालबाट डिस्चार्ज हुनेको संख्या बढेको हो। भदौ १३ देखि २३ गतेसम्मको तथ्यांक हेर्दा मुलुकभर ११ हजार ६ सय ८२ संक्रमित थपिएका छन्। थपिएका संक्रमित भन्दा १ हजार १ सय संक्रमित बढी अस्पतालबाट डिस्चार्ज भएर घर गएका छन्।

सरकारले कोरोना भाइरसका बिरामी १४ दिनसम्म मात्रै अस्पतालको आइसोलेशनमा बस्‍न पाउने व्यवस्था गरेको छ। कोरोनाको लक्षण तथा चिन्ह नभएका (एसिम्ट्रोमेटिक ) र सामान्य लक्षण एवम् चिन्हहरू भएका (माइल्ड) केसका बिरामीको १० दिनमा पीसीआर गरी डिस्चार्ज गर्न भनिएको छ।
 

प्रकाशित मिति: : 2020-09-09 16:31:09

प्रतिकृया दिनुहोस्