काठमाडौँमा धमाधम घरका कोठा खाली हुन थाले, घरबेटीले घटाउन थाले भाडा

काठमाडौं । जडिबुटी नरेफाँटका प्रकाश सुवेदीको तीन तलाको घर अहिले खाली छ । कुनै बेला एउटै कोठालाई साढे ६ हजारसम्म लिने सुवेदीले घर खाली भएपछि दश हजारमा तीनवटा कोठा भाडामा दिने निर्णय गरे ।  उनले सस्तोमा कोठा भाडामा दिने थाहा पाएपछि उनको घरमा अहिले छिमेकीकै घरमा बस्ने डेरावाला सरेका छन् ।  बानेश्वरकी रिना कार्कीको घर पनि आँशिक खाली भएको छ । घरमा बसेकाहरु पनि यो भन्दा सस्तो भाडा पाएर अन्तै जाने हुन् की भन्ने त्रासले सताएको कार्की बताउँछिन् । 

राजधानी काठमाडौँ, जहाँ देशका ७७ वटै जिल्लाबाट अनेकन सपना बुनेर मानिसहरु भित्रन्छन् ।  उच्च शिक्षा, रोजगारी, बालबच्चाको राम्रो शिक्षालगायतको उद्धेश्य बोकेर कैयौँ मानिसहरु काठमाडौं उपत्यका भित्रिने गरेका छन् ।  काठमाडौलाई नै कर्मथलो बनाउनेहरु बढेपछि पछिल्लो समय काठमाडौमा मानिसहरुको चाप बढ्दै गइरहेको यथार्थपनि छर्लंग नै छ ।

प्रकाशित मिति: : 2020-09-08 17:33:45

प्रतिकृया दिनुहोस्