बेथितिको दलदलमा जाकिएको त्रिभुवन विश्वविद्यालयको ‘बदमासी’को यो कथा

रातोपाटी

काठमाडौँ

पाठकहरु ∕ तपाईहरुलाई हामी सुरुमा पूर्व पृष्ठभूमिमा लैजान्छौँ । किनभने त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) को हदैसम्मको यो लापरवाही बुझ्न एकछिन विगततिरै फर्कनु पर्छ ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले २०७५ पुस २९ गते स्नातकोत्तर तह भौतिक शास्त्र प्रथम सेमेष्टरको क्वान्टम मेकानिक (आई) फिजिक्स (५०३) विषयको पुरानो ‘कोर्स’ को परीक्षा लिएको थियो । जसका लागि काठमाडौं उपत्यकाभित्र अध्ययनरत विद्यार्थीहरुको परीक्षा केन्द्र महेन्द्ररत्न क्याम्पस ताहाचलमा तोकिएको थियो ।

यस विषयको पढाई उपत्यकाभित्र त्रिविका तीन आंगिक क्याम्पस– भौतिक शास्त्र केन्द्रीय विभाग कीर्तिपुर, पाटन बहुमुखी क्याम्पस, अस्कल क्याम्पस लैनचौर र त्रिविबाट सम्वन्धन प्राप्त दुईवटा निजी अर्थात् गोल्डेन गेट इन्टरनेशनल कलेज एवं सेन्ट जेभियर्स कलेजमा मात्र हुन्छ ।

त्यस दिनको परीक्षामा डीनको कार्यालयले परीक्षार्थीहरुलाई सातवटा प्रश्न सोधेको थियो । सेन्ट जेभियर्स कलेजबाट त्यो परीक्षामा सहभागी विद्यार्थी आशिष पौडेलका भनाइमा जसमध्ये ६ वटा प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट अर्थात् नयाँ पाठ्यक्रमबाट सोधिएको थियो । ४५ पूर्णाङ्कको परीक्षामा ४० अंकको प्रश्न पाठ्यक्रमभन्दा बाहिरबाट सोधिएपछि विद्यार्थीहरुले परीक्षा बहिष्कार गरे ।

प्रकाशित मिति: : 2020-09-07 13:10:04

प्रतिकृया दिनुहोस्