लेनदेन, अवैध सम्बन्ध र मनमुटाव, अनि आवेगमा हत्या

लकडाउन सुरु भएपछि मात्रै २४३ जनाको हत्या

सुजन पन्त

काठमाडौँ

घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त पनि हुन्छ ।

जहाँ मानिसले आफूलाई सबैभन्दा बढी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यहीँ असुरक्षित भएर जीवन गुमाउनुपर्ने अवस्था आउनु भनेको सभ्य समाज निर्माणका लागि मुख्य चुनौती पनि हो ।

पछिल्लो समय घर–परिवारकै सदस्यबाट भएका आपराधिक घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । सांघातिक आक्रमण तथा हत्याका घटनामा आफ्नै परिवारका सदस्य तथा चिनजानकै व्यक्ति संलग्न रहेको उदाहरण प्रशस्त पाइन्छ ।  

केही प्रतिनिधिमुलक घटना

घटना नम्बर १ :शनिबार साँझ चन्द्रागिरि नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षीय श्री तामाङले आफ्नै बाबुआमालाई चक्कु प्रहार गरे । मापसे गरेर छोराले हानेको चक्कुले ५३ वर्षीय बाबु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङ घाइते भए ।

प्रकाशित मिति: : 2020-09-06 23:41:23

प्रतिकृया दिनुहोस्