जरो नभुल्नुस्, संस्कृति नभुल्नुस्, परम्परा नभुल्नुस्, भाषा नभुल्नुस्

देशसञ्चार

काठमाडौँ

महेन्द्र पी लामा 

म भारतीय गोर्खा अनि तामाङ। मैले भारतमा बसेर के देखेँ? आफैले अनुभव गरेको कुरा खोल्दैछु। भारतमा बस्ने गोर्खाहरु र तामाङ सन्तानमा अनि नेपालमा बस्ने नेपाली र तामाङ सन्तानमा ऐतिहासिक राजनीतिक र सांस्कृतिक कारणले धेरै फरक रहेछ।

तपाईँहरु एउटा राष्ट्रमा बस्नुहुन्छ। तामाङ, राई, लिम्बु, कामी, दमाई, सार्की, बाहुन क्षेत्री सबैमा होडबाजी हुने रहेछ। विभिन्न गोष्ठीमा चिनारी र पहिचानको कुरा हुने रहेछ। यता हामी भारतमा पहिले भारतीय हौं। त्यसपछि हामी गोर्खा हौं। त्यसपछि तामाङ, लिम्बु, राई, क्षेत्री, बाहुन हुन्छौं। हाम्रो देशमा तीन स्तरीय अस्तित्व र पहिचान हुन्छ। यो सबै भारतीयको लागि हो।

नेपालमा जस्तै नेपालीभित्र नै होडबाजी नभएर सग्लो गोर्खा जाति र अर्को भारतीय जातजातिसँग होडबाजी गर्नुपर्दो रहेछ यहाँ। राष्ट्र ठूलो भएकाले गोर्खा र अन्य जातिहरुसँग प्रतिस्पर्धा हुने रहेछ। यस्तो होडबाजी गर्न एक हुनु पर्दोरहेछ। खाली तामाङ भएर होडबाजी गर्छु, बाहुन भएर गर्छु भनेर नसकिँदो रहेछ। कारण संविधान।

प्रकाशित मिति: : 2020-09-06 16:40:41

प्रतिकृया दिनुहोस्