रासायनिक मल अभावले धान उत्पादनमा कति ह्रास आउला ?

रातोपाटी

काठमाडौँ

 

शंकर अर्याल

समयमा रासायनिक मलको आयात हुन नसक्दा बजारमा देखिएको अभावका कारण यतिबेला किसानहरु आक्रान्त बनेका छन् । अभावका बीच मल किन्न चाहने किसानको लाइनका कारण कोभिड–१९ (कोरोनाभाइरस)का लागि गरिएको निषेधाज्ञा समेत निष्प्रभावी देखिँदै गएको छ । देशकै मुख्य खाद्य बालीको रुपमा रहेको धानमा मल हाल्ने सिजनमै मल अभाव हुँदा उत्पादनमा ह्रास आउनेमा किसानहरु चिन्तित छन् । कोभिड–१९ का कारण अरु क्षेत्रहरु धरासायी भएको र कृषिबालीमै सबैको आशा जागेको बेला किसानहरुले मल नपाएपछि देश कतै खाद्य संकटको अवस्थाबाट गुज्रिनुपर्ने त होइन भन्ने आशंका समेत सुरु भएको छ ।

बर्खे सिजनमा लगाइने धानमा यतिबेला ‘फूल खेल्न’ सुरु भएको छ । फूल फूलेर फल लाग्ने समयमा जुनसुकै बालीलाई प्रशस्त नाइट्रोजनको आवश्यकता पर्छ । माटोमा नाइट्रोजन प्रशस्त नहुँदा वा भएर पनि विविध कारणले जराले सोसेर लिन नसक्दाको अवस्थामा हुनजाने अभावलाई परिपूर्ति गर्न युरियाको टप ट्रेसिङ (मल छर्ने विधि) गर्ने प्रचलन रहिआएको छ । मल हालेको १÷२ दिनमै बालीले पोषकतत्व लिनसक्ने र बजारमा किन्न पनि अरु मलभन्दा तुलनात्मक रुपमा सस्तो भएका कारण यतिबेला युरिया मलको अत्यधिक माग हुने गरेको छ । तर, यो वर्ष त्यसरी छर्ने युरिया मलको व्यापक अभाव भएको हो । दिनभर लाइनमा बस्दा पनि साँझ रित्तो हात फर्किनु विभिन्न जिल्लाका किसानको नियति नै भइसकेको छ ।

प्रकाशित मिति: : 2020-09-05 17:27:48

प्रतिकृया दिनुहोस्