भगवान पनि गाउँतिरै बस्छन् जस्तो लाग्छ, शहरमा त…

अनलाइनखबर

काठमाडौँ

इटहरी निवासी कवि मनु मन्जिल प्रभावशाली वाचन  र कलात्मक लेखनमा लोकप्रिय छन् । मञ्चमा कविता सुनाउनेमात्र होइन, काव्यको अन्तर्य, पूर्वकथा र सन्दर्भहरू भनेर श्रोतालाई मन्त्रमुग्ध पार्छन् उनी ।

तीन दशकदेखि कविता लेखिरहेका मन्जिल अंग्रेजीका अध्यापकसमेत हुन् ।

उनको ‘आँधीको आवेग’ र ‘ल्याम्पपोस्टबाट खसेको जून’ कवितासंग्रह प्रकाशित छ । मन्जिलसँग कविता लेखन  र व्यक्तिगत जीवनमाथि निर्भीकजंग रायमाझीले गरेको कुराकानी :

तपाईं निकै ‘वजन’का साथ मन्तव्य दिने र कविता पढ्ने गर्नुहुन्छ । मनु मन्जिलको स्वर ठूलो हो कि कविताको स्वर ?

जे बोलुँ या लेखुँ, त्यो राम्ररी गर्न पाए हुन्थ्योजस्तो लागिरहन्छ मलाई  । कविता वाचन गर्दा पनि भित्र एकदम शक्तिशाली महसुस गर्छु म । आत्मिक शक्तिको त्यही गुञ्जनलाई ‘वजन’ भनिएको होला । तर, त्यो वजनचाहिँ पाठक या स्रोताको बोधमा निर्भर गर्छ ।

म भाग्यमानी कवि यसकारण हुँ कि आजसम्म सबै स्टेजमा मायै–मायामात्र कमाएर हिँडेको छु । वाचनमा भावको शक्ति नभए मायाको त्यत्रो आर्जन सम्भव नै छैनजस्तो लाग्छ । भित्र कविता नभए गीत पनि काम लाग्दैन, संगीत पनि काम लाग्दैन, चित्र पनि काम लाग्दैन । वाचन या मन्तव्यको त के कुरा र ? गहिराइमा बीज भए न बाहिर फूल मुस्कुराउने हो ।

प्रकाशित मिति: : 2020-09-05 13:26:32

प्रतिकृया दिनुहोस्