भारतको अरुणाचल प्रदेशका पाँच नागरिकलाई चीनले अपहरण गरेकाे दावी

चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेशका पाँच नागरिक अपहरण गरेको कांग्रेसका सांसद निनोङ इरिङले दाबी गरेका छन्।

उनले माछा मार्न गएका पाँच भारतीयलाई चिनियाँ सेनाले अपहरण गरेकाे आराेप लगाएका छन्। 

अप्पर सुबानसिरी जिल्ला नजिकको भारत–चीन सीमानजिक सेरा ७ भन्ने क्षेत्रबाट तनु बकर, प्रसत रिङलिङ, नागरु दिरी, दोङ्तु इबिया र तोच सिंगकाम नाम गरेका भारतीय अपहरणमा परेको इन्डिया टुडेले उल्लेख गरेको छ।  उनले भारतले कडा कदम चाल्नुपर्ने बताएका छन्।

अरुणाचल प्रदेशका कांग्रेस सांसद इरिङले भनेका छन्,‘लद्दाख र दोक्लामपछि चिनियाँ सेनाले अरुणाचल प्रदेशमा आक्रमण सुरु गरेका छन्।’

उनले अरुणाचल प्रदेशको वास्तविक नियन्त्रण रेखा पनि चिनियाँ सेनाले पार गरेको बताएका छन्।

प्रकाशित मिति: : 2020-09-05 12:54:49

प्रतिकृया दिनुहोस्