प्रधानमन्त्रीलाई बुझाए खतिवडाले राजीनामा

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्। मन्त्री खतिवडाले शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। 

खतिवडा गत फागुनमा राष्ट्रिय सभाको दुई वर्ष कार्यकाल सकिएपछि सांसद पद बिहीन भएका थिए। संविधानको धारा ४८ को उपधारा १ बमोजिम मन्त्री बनेका खतिवडा मन्त्री भएको शनिबार ६ महिना भोलि भदौ २० गते शनिबार पुग्दैछ। संविधानमा सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री पदमा रहन नपाउने व्यवस्था छ। 

प्रधानमन्त्रीलाई आफ्नो राजीनामा बुझाउनुअघि मन्त्री खतिवडाले मन्त्रालयका मातहतका कर्मचारीलाई सम्बोधन गरेका थिए। उनले आफुले आजै साँझ राजीनामा दिने भन्दै आफ्ना कार्याकलमा भएका राम्रा कामले निरन्तरता पाउनेमा आशावादी रहेको बताएका थिए।

 वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको तथा पदमा रहँदा कुनै लाभ लिने निर्णय नगरेको बताए। उनले आफ्नो कार्यकालमा भए गरेका कामहरुको संक्षिप्त विवरणहरु पेस गरेका थिए।

प्रकाशित मिति: : 2020-09-04 19:47:00

प्रतिकृया दिनुहोस्