गाडी ग्यारेजमा बिग्रिँदै, बैंकको ‘किस्ता’ र मर्मत खर्चकै चिन्तामा व्यवसायी

क्यापिटल

काठमाडौँ

  युबराज बस्नेत

गत चैत ११ गतेदेखि मुलुक बन्दाबन्दी(लकडाउन सुरु भएदेखि अहिलेसम्म सार्वजनिक यातायात ठप्प छ । लामो  दूरीको सार्वजनिक यातायात नचल्दा सवैभन्दा ठूलो पिर यातायात व्यवसायी परेको छ । 

विगत ५ महिनादेखि यातायात व्यवसायीका गाडी ग्यारेज थन्किएका छन् । यातायात खुलेपनि तत्काल सञ्चालन गर्न सक्ने वातावरण छैन । किनकी, लामो समयसम्म ग्यारेजमा थन्किएका गाडीमा खिँया लाग्ने, पार्टजपूर्जा बिग्रने, टुटफुट भएकाले ती गाडीको मर्मत सम्भार गर्नुपर्छ ।

एक व्यवसायीका अनुसार, ग्यारेजमा थन्किएको एउटा गाडी सञ्चालन गर्न मर्म खर्चबापत ५० हजार देखि १ लाख रुपैयाँसम्म हुन जान्छ । यतिमात्रै होइन, लामो समय गाडी सञ्चालन गर्न नसक्दा व्यवसायीलाई बैंकको ऋण, ब्याज, घरभाडा तथा आफ्नो खर्च समेत चलाउन सकेको छैनन् ।

प्रकाशित मिति: : 2020-09-03 13:54:59

प्रतिकृया दिनुहोस्