किसान भन्छन्- पैसा दिन्छौं, मल चाहियो

सूर्यप्रसाद अधिकारी

कोरोना महामारीमा अहिले सबैको प्राथमिकता यसबाट जोगिनु हो । सरकारले पनि लकडाउन र निषेधाज्ञामार्फत कोभिड १९ नियन्त्रण गर्ने प्रयास गरेको छ ।

तर चितवनका किसानलाई अहिले कोरोनाभन्दा मल अभावले धानखेती बिग्रिएला कि भन्‍ने चिन्ताले सताएको छ । यहाँका किसान अहिले निषेधाज्ञा तोड्दै मल डिपोअघि लाइनमा उभिएका छन् । त्यहाँ न भौतिक दूरी पालना गरिएको छ न अन्य सावधानी अपनाइएको छ ।

चितवनमा पनि भदौ १९ गतेसम्म निषेधाज्ञा जारी छ । यहाँका किसानमा कोरोनाको त्रासभन्दा पनि आफ्नो मिहिनेत र लगानी खेर जान्छ कि भन्‍ने बढी चिन्तामा छन् । असारबाटै युरिया मल आउने प्रतीक्षामा रहेका किसान आइतबारदेखि नै मल पाउने आशमा थिए । भरतपुर महानगरपालिका ८ मा रहेको प्रगतिशील कृषि सहकारी संस्थामा आइतबार फरक दृश्य देखियो । पाँच सय मिटरभन्दा लामो लाममा चितवनका कृषकहरू हात-हातमा बोरा लिएर उभिरहेका थिए । तर कतिले पाए । कति त रितै फर्किए । उसो त किसानको यो दैनिकी बुधबारसम्मै चलेको छ ।

प्रकाशित मिति: : 2020-09-02 18:18:10

प्रतिकृया दिनुहोस्