१४ दिनमा संक्रमितलाई बिना परीक्षण घर फिर्ता गर्नु कति उचित ?

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ

कोरोनाभाइरस अर्थात् ‘कोभिड–१९’ संक्रमण भएर तोकिएका अस्पतालको आइसोलेसनमा लक्षण नभएका विरामीलाई १४ दिनपछि परीक्षण बिना घर पठाउने सरकारको नीतिप्रति विज्ञहरुले प्रश्न उठाउन थालेका छन् ।

पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेसँगै अस्पतालहरूमा बिरामीको चाप पनि बढेको छ । बिरामीको चाप थाम्न नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले आइसोलेशनमा रहेका बिरामीलाई १० दिनमा दोस्रो परीक्षण गर्ने र परीक्षण रिपोर्ट पोजेटिभ आएमा थप ४ दिन आइसोलेसनमा राखेर बिना परीक्षण घर पठाउन अस्पतालहरूलाई निर्देशन दिएको हो ।

प्रकाशित मिति: : 2020-09-02 18:03:40

प्रतिकृया दिनुहोस्