वीरगञ्जमा एकै दिनमा ६६ जना कोरोनामुक्त

वीरगञ्जमा एकै दिनमा ६६ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। 

वीरगञ्जस्थित दुई कोभिड अस्पताल, सेमि तथा सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा बसेका ६६ जनाको पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ। 

कलवार धर्मशाला, होटल रानीपोखरी लगायतका सामुदायिक आइसोलेसन सेन्टर र होम आइसोलेसनमा संक्रमितलाई राखिएकामध्ये विभिन्न उमेर समूहका ६६ जनाले कोरोना जितेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।

वीरगञ्ज हेल्थ केयरबाट मात्रै ३३ जना डिस्चार्ज भएका छन्। यता  सामुदायिक आइसोलशन केन्द्रको रुपमा सञ्चालनमा रहेको रानीपोखरी होटलबाट बुधवार राति २० जना संक्रमित डिस्चार्ज भएका छन्। 

कुल ७७ जना संक्रमित मध्ये ५ दिन अघि सो होटेलबाट २० जना संक्रमित निको भएर घर फर्किको आइसोलेशन प्रबन्धक दिलिपराज कार्कीले जानकारी दिए। 

यसैगरी कलवार धर्मशालामा रहेका १६ जना प्रहरी कर्मचारी पनि डिस्चार्ज भएका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए। यो सँगै पर्सामा ४ सय ४४ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-08-27 07:21:06

प्रतिकृया दिनुहोस्