विश्वभर डाक्टरी पढ्नेलाई उपयोगी बन्यो चितवनका विद्यार्थीले बनाएको एप

राजेश घिमिरे

डाक्टर बन्ने अभिलाषा बोकेर चार वर्षअघि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए, नारायणगढका २२ वर्षीय सन्तोष रिजाल।

त्यतिखेर उनले आफ्ना लागि १८ हजार रुपैयाँको त किताबै किने।

ठूला–ठूला किताबको ठेली बोकेर कलेज पुग्नु अनि साँझ त्यही बोकेर फर्कनु उनको दैनिकी बन्यो।

कलेजमा पढिरहँदा उनी सोच्थेऽ ‘सधैं किताबको ठेली बाकेर हिँड्नु पर्ने बाध्यताको अन्त्य कसरी गर्ने होला!'

सानैदेखि प्राविधिक ज्ञानमा पनि ध्यान लगाउने सन्तोषले यस विषयमा साथी अंकित श्रेष्ठसँग पनि सल्लाह गर्थे। स्कुलदेखि सँगै पढेका अंकित र उनले एमबिबिएस पहिलो वर्ष पढ्दै गर्दा आफैंले एउटा वेबसाइट तयार पारे।

अनि त्यसैमा सबै कुरा राखेर पढ्न मिल्ने बनाए। कलेजका अन्य साथीहरूलाई पनि डाउनलोड गरेर पढ्न सक्ने बनाइदिए।

प्रकाशित मिति: : 2020-08-26 15:28:54

प्रतिकृया दिनुहोस्