परिस्थिति किन अझ धमिलो बन्दैछ?

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्रको झगडा सुल्झाउने उद्देश्यले गठित कार्यदल आफ्नो प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारीमा छँदा अर्का मुख्य झगडिया माधवकुमार नेपालले फरक खालको मञ्च चुने, अहिलेको रणाको केका लागि हो, त्यसको व्याख्या गर्न ।

‘सत्ताधारी दलभित्रको वर्तमान विवाद पदका लागि हैन, तर सरकारलाई आफ्नो कार्यशैली फेर्न बाध्य बनाउनका लागि हो त्यो’, नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीले भने कोरोना भाइरससँग कसरी जुध्नेबारे आयोजित एउता ‘वेबिनार’ मा ।

अनुमान गरिए जसरी नै कार्यदलले जिम्मेवारी बाँडफाँट सुझाएको छ, ओलीलाई पूरै अवधि प्रधानमन्त्री र दाहालले दलको सबै कार्यकारी अधिकार अभ्यास गर्ने गरी । ओलीको राजीनामाको मुद्दा नेकपा स्थायी समितिको एजेन्डाबाट हटाउन पनि भनिएको छ, त्यसमा ।

त्यस्तै, महत्वपूर्ण राजनीतिक नियुक्तिहरु दलसँगको परामर्शबाट हुने र सरकारको क्षमता अभिवृद्धि हुने गरी संघीय र प्रान्तीय सरकारमा हेरफेर गर्नु पर्ने सुझाव पनि दिइएको छ । यी सुझावले वास्तविकतालाई शायदै छोप्न सक्लान् । यथार्थमा विवाद सत्ताकै हो, जसलाई स्पष्टसँग सम्बोधन गरिनु आवश्यक छ । त्यही बुझेर नै होला, माधव नेपालले सञ्चारमाध्यममा आउन सक्ने ‘हेडलाइन’ लाई रोक्नु आवश्यक ठाने । परिस्थिति अनुसार आफूले प्रधानमन्त्री र पार्टीको नेतृत्वबाट राजीनामा दिएको दृष्ठान्त दिँदै माधव नेपालले यो विवादलाई ग्रहण योग्य भाषामा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: : 2020-08-23 17:23:32

प्रतिकृया दिनुहोस्