एसपी रजौरे भन्छन्- ‘बेसारपानी र आत्मविश्वासले कोरोना जितें’

बाह्रखरी

काठमाडौं

पाल प्रहरीका एसपी वसन्त रजौरे प्रहरी प्रधान कार्यालयमा रहेको कोरोना हेल्थ डेस्कमा कार्यरत छन् । कोरोनाविरुद्धको मोर्चामा सक्रिय रहँदा उनी आफैं संक्रमित बन्‍न पुगे ।

प्रहरी प्रधान कार्यालयमा कोरोना देखिएपछि संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा उनी परेका थिए । १४ दिनको क्‍वारेन्टिन र १० दिनको आइसोलेसनमा बसेपछि उनी निको भएका छन् । एसपी रजौरेले बाह्रखरीसँग आफ्नो कोरोना अनुभव यसरी साटेका छन् ।

प्रहरी प्रधान कार्यालयमा रहँदा केही प्रहरी साथीहरुमा कोरोना देखियो । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा म पनि परें । त्यो क्रममा १४ दिन घरमै क्‍वारेन्टिन बसें । परीक्षणकै क्रममा मेरो पनि कोरोना पोजेटिभ आयो । मलाई ज्वरो आएको थिएन । तर दुई-तीनपटक हाच्छ्यु भने भएको थियो । नाक हल्का भारी भएको थियो ।

त्यसपछि मैले आफ्नै घरमा आइसोलेसनमा बस्‍ने बताए । चिकित्सकको सल्लाहमा घरमै बसें । तर घरमा आफ्ना कारणले बालबालिकालाई समस्या नपरोस् भन्‍नेमा म सचेत थिएँ । एउटा छुट्टै कोठामा बसें । आफ्नै दैनिक तालिका बनाएँ । खासै आत्तिएको त थिएन । तर आफूभन्दा परिवारको चिन्ता बढी थियो ।

प्रकाशित मिति: : 2020-08-23 13:48:55

प्रतिकृया दिनुहोस्