उपचार नपाएर ज्यान गुमाउँदै सर्वसाधारण

नागरिक दैनिक

लहान/वीरगन्ज

मिथिलेश यादव र रितेश त्रिपाठी

यति बेला धनुषाको नगराइन नगरपालिका–३ फुलगामाका ७० वर्षीय रामचन्द्र साह रुँदैछन्।  बुढेसकालको सहारा जवान छोरा गुमाउनुको पीडाले वृद्धा सोनावत्ती अर्धमूर्छित छिन्।  पति गुमाएको पीडाले गीतादेवी छटपटाइरहेकी छिन्।  दुई छोरा र एक छोरी ‘मेरो पापालाई ल्याइदेऊ’ भन्दै चिच्याइरहेका छन्।  अस्पतालले भर्ना नलिँदा फुलगामाका श्याम साहले ज्यान गुमाउनुप¥यो।  प्रादेशिक अस्पतालले भर्ना नलिएपछि एम्बुलेन्समा काठमाडौं लैजाँदै गर्दा बाटोमै श्यामको जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीं रोकिएको छ।  

श्यामले बिबिए पढ्दै गरेकी छोरीको धुमधामसँग विवाह गर्ने सपना सजाएका थिए।  छोरीको पढाइ सकिएपछि राम्रो बेहुला खोजेर धुमधामसँग बिहे गर्ने सोच उनले पत्नी गीतासँग साझा गरेका थिए।  ‘आब कोना होतै सपना पूरा हो राजा’ भन्दै गीता चिच्याइरहेकी छन्।  पाँचजनाको परिवारलाई सहारा दिने श्याम एक्ला थिए।  उनको गाउँमै स्कुल तथा मनी ट्रान्सफरको व्यवसाय छ।  

श्यामको मृत्युको खबर पाएदेखि पत्नी गीता मूर्छित छिन्।  आफन्तले खुवाएको पानीको सहारामा उनको प्राण त अडिएको छ तर अझै पूर्ण होसमा आउन सकेकी छैनन्।  बेलाबेला होस खुल्नेबित्तिकै उनी ‘हमर सुगाके लाइबदू’ भन्दै चिच्याउँछिन्, एक छिनपछि मूर्छा परिहाल्छिन्।  

प्रकाशित मिति: : 2020-08-22 07:59:56

प्रतिकृया दिनुहोस्