झुर इन्टरनेटः सेवा प्रदायकको ‘टिकटक’लाई दोष, प्राधिकरणले हेर्दैन उजुरी

युबराज बस्नेत

काठमाडौं । छिमेकी भारत र अमेरिकालगायत अन्य मुलुकहरुमा ‘टिकटक’ बन्द गर्ने होड चलिरहेका बेला नेपालमा भने यसका कारण इन्टरनेट सुस्त हुँदै गएको छ । टिकटकका कारण समस्यामा पर्न थालेको सेवाप्रदायकहरुले बताउन थालेका छन् ।

नेपालमा बन्दाबन्दी (लकडाउन) सुरु भएसँगै बढेका टिकटक प्रयोगकर्ताले कुल आयातित व्यान्डवीथमध्ये २५ प्रतिशत हिस्सा खपत गरेकाले इन्टरनेट सेवामै ठूलो समस्यामा आएको जिकिर गर्न थालिएको छ । सरकारले चैत ११ देखि देशव्यापी लकडाउन गरेसँगै नेपालमा टिकटक प्रयोगकर्ता ह्वातै बढेका छन् ।

इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)का अध्यक्ष भोजराज भट्टले यहाँ नेपाल र भारतकै कन्टेन्टहरु बढी हेरिने गरेकाले सेवामा समस्या आएको दावी गरे । ‘लोकल क्यास सर्भिसमा स्टोरेज भइरहे पनि भारतले प्रतिवन्ध लगाएसँगै टिकटकले पनि केही प्राविधिक बिषय परिवर्तन गरेपछि नेपालमा पनि यसको प्रभाव परेको हो’ उनले क्यापिटल नेपालसंग भने ।

ठूला इन्टरनेट सेवा प्रदायकहरुले टिकटकको प्रयोग र ब्याण्डविथको खपत बढेसँगै त्यसको व्यवस्थापनमा सेवाप्रदायकहरु लागि परेको बताउँदै आएका छन् । हाल इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट ५०० गीगाबीट प्रतिसेकेन्ट (जीवीपिएस) भन्दा बढी व्यान्डवीथ आयात गर्दै आएका छन् । नेपालमा १२० जीवीपीएस भन्दा बढी व्यान्डवीथ मासिक रुपमा खपत हुँदै आएको छ ।  

प्रकाशित मिति: : 2020-08-21 15:59:04

प्रतिकृया दिनुहोस्