राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन्।
बुधबार बिहान राष्ट्रकवि घिमिरेको निवासमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
घिमिरेको मंगलबार १०१ वर्षको उमेरमा निधन भएको थियो।
घिमिरेको शवलाई स्कर्टिङ गरेर नेपाली सेनाले पशुपति आर्यघाट लगेको छ। उनको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।
सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलका अनुसार घिमिरेको अन्तिम श्रद्धाञ्जलीमा नेपाली सेना र सशस्त्र प्रहरीको एक-एक टुकुडीले सलामी अर्पण गर्नेछ।
सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो।