एयरलाइन्सले खाइदिए यात्रुको पैसा, टिकटको पैसा फिर्ता गरेनन्

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

नुवाकोटकी उर्मिला लामाले गत चैत १ गते ओमनबाट काठमाडौं आउन हवाईजहाजको टिकट लिइन् । विश्वव्यापी महामारीका कारण लकडाउन सुरु हुने क्रम जारी रहँदा वैदेशिक रोजगारीको लागि ओमनमा गएकी लामाले सलाम एयरलाइन्सको टिकट लिएकी थिइन् । तर, उडान हुने अघिल्लो दिन सो एयरलाइन्सले तत्काल फ्लाइट हुन नसक्ने भन्दै उडान रद्द गर्यो । सलामको उडानका लागि लामाले १८ हजार ५ सय रुपैंया तिरेकी थिइन् । उनको उडान त भएन नै, अहिलेसम्म पैसा फिर्ता समेत भएको छैन । 

सलामको विमान नउड्ने पक्का भएपछि नेपाल आउनकै लागि लामाले फेरि अर्को टिकट काटिन् फ्लाइ दुबईको । चैत ४ गते काटिएको उक्त टिकट चैत ५ गतेका लागि थियो । तर, त्यो फ्लाइट पनि रद्द गरियो । दुईवटै फ्लाइट रद्द भएपछि उनी त्यतै अलपत्र परिन् । 

प्रकाशित मिति: : 2020-08-19 07:47:42

प्रतिकृया दिनुहोस्