राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ। घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन्। नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो। घिमिरेको मंगलबार साँझ काठमाडौंमा १०१ वर्षको उमेरमा निधन भएको थियो ।