संक्रमित आधा पेटमा, स्वास्थ्यकर्मीको गोजी रित्तै !

काठमाडौँमा संक्रमितले उपचार पाउनै सकस, पाइहाले पनि छैन राम्रो सुविधा

 

राजकुमार सिग्देल 

‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’ गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका एक कर्मचारीले फोन गरेर सोधेपछि काठमाडौंको एक निजी कार्यालयमा कार्यरत महिला कर्मचारीले जवाफ फर्काइन्, ‘सर ! म हस्पिटल जान चाहन्छु, म होम आइसोलेसनमै बस्न चाहान्थेँ तर मलाई श्वास फर्न गाह्रो भइरहेको छ । म यसै पनि स्वास्थ्य समस्याले यसअघि अस्पतालमै बसेको थिएँ । मलाई अस्पतालमा बस्ने व्यवस्था मिलाइदिनु भए आभारी हुने थिएँ ।’ संक्रमण पुष्टि भएको ४ दिनअघि ती महिला राजधानीको ग्राण्डीसिटी अस्पतालको इमरजेन्सीमा दुई दिन बसेकी थिइन् । तर, स्वास्थ्यमा सुधार आउनुको साटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छिटो पिसाब आउने, खोकी लाग्नेजस्ता समस्या देखिएपछि उनी कोरोनाको परीक्षणका लागि साथीसँगै ललितपुरको सानेपास्थित स्टार अस्पताल पुगेकी थिइन् शनिबार अर्थात् साउन २४ गते ।

प्रकाशित मिति: : 2020-08-18 15:53:22

प्रतिकृया दिनुहोस्