खेलाडीको स्वास्थ्यमाथि राजनीति !

भुपेस उपाध्याय

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण खेल क्षेत्रमा धेरै असर परेको छ । यसै क्रममा खेल क्षेत्रमा सक्रिय खेलाडीका लागि धेरै निकाय तथा खेल संघले बिमा गरिदिने घोषणा गरे ।

तर, खेल संघहरूले घोषणा गरेअनुरुप खेलाडीको बिमा गर्न भने अहिलेसम्म सक्रियता देखिएको छैन । नेपाली खेलकुदको मुख्य निकायमध्येको एक नेपाल ओलम्पिक कमिटीले पनि ओलम्पिक छनोटमा रहेका १२ खेलाडीको बिमा गरिदिने बताएको थियो । ओलम्पिक संघ
स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार बिमासहित पीसीआरलगायत विधिहरू अपनाएर ओलम्पिक छनोटमा भएका खेलाडीको प्रशिक्षण सुरु गराएको थियो । ओलम्पिक कमिटीले स्वास्थ्य मन्त्रालयमा प्रोटकलहरू अपनायर प्रशिक्षण गराउने बताएको थियो । ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद्‌मार्फत मन्त्रालयमा पत्र पठायो । तर, उक्त पत्रको जवाफ नआएको ओलम्पिक कमिटी बताउँछ ।

प्रकाशित मिति: : 2020-08-18 15:36:36

प्रतिकृया दिनुहोस्