संक्रमणको जोखिममा विमानस्थल

नागरिक दैनिक

नेपालगन्ज

अर्जुन ओली

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने उद्धार उडानका क्रममा एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको छ। कोरोना भाइरस महामारीका कारण सरकारले अहिले नियमित उडान बन्द गरेको छ। तर, सडक यातायात सुविधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान भइरहेका छन्। मापदण्डबिना उद्धार उडान गरिँदा विमानस्थलभित्र कोरोना संक्रमण जोखिम बढेको हो।  

विमानस्थलभित्र काउण्टरमा याीडभाड हुने, सामाजिक दूरी कायम नहुने, मार्किङ पालना नगर्र्ने, कर्मचारीले स्वास्थ्य सामग्री प्रयोग नगर्दा जोखिम बढेको कार्यालयले जनाएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर विमानस्थल भित्रको पछिल्ला गतिविधिले संक्रमणको जोखिम बढाएको बताउँछन्। ‘नेपालगन्ज बजार क्षेत्रमा जताततै संक्रमण देखा परिरहेको छ, बजारबाट यात्रुको त्यत्रो आवत–जावत छ, उनले नागरिकसँग भने, ‘त्यत्रो एयरलाइन्सको स्टाफ छन्, हाम्र्रै स्टाफ पनि छन्, सुरक्षाकर्मी, कार्गो व्यवसायी, आयल निगम र थुप्रै एजेन्सी यहाँ छन्, यसले  गर्दा विमानस्थलमा संक्रमणको जोखिम छ।

विमानस्थलभित्र कोरोना संक्रमणको जोखिम बढिरहेका बेला सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने दुईवटा एयरलाइन्स कम्पनी कारबाहीमा परिसकेका छन्। कार्यालयले उनीहरूको उद्धार उडान रोकिदिएको छ। प्राधिकरणले केही दिनअघि समिट र सीता एयरको उडान रोकिदिएको थियो। मापदण्ड पालना गर्न पटक–पटक गरिएको निर्देशन अटेरी गरेपछि दुवै कम्पनीको उद्धार उडान रोकिदिएको कार्यालयले प्रष्ट्याएको छ। प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयले उडान रोकिदिएपछि एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने पुनः प्रतिबद्धता दोहो¥याएको र ती कम्पनीलाई उडान भर्न अनुमति दिइएको प्रमुख ठाकुरले बताए। 

प्रकाशित मिति: : 2020-08-18 09:16:31

प्रतिकृया दिनुहोस्