प्रहरीले मरेको कुखुरासहित एक जनालाई पनि पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका ३१ प्रयागमार्गस्थित बि एण्ड बि मार्टका सञ्चालक काभ्रे पनौती नगरपालिका १० का ३३ वर्षीय कृष्णचरण गोछेलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार गोछेको मासु पसलमा १० क्विन्टल मरेको कुखुरा बिक्रीका लागि राखिएको थियो।
उक्त खबर पाएपछि महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
मरेको कुखुराको मासु बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिको उपस्थितिमा खाल्डोमा पुरेर नष्ट गरिएको छ।