देखापढी
जाडो सकिन लागेको थियो। २०६६ सालको सम्भवतः फागुन महीना हुनुपर्छ। मित्र महेन्द्र कार्कीसँग उहाँको घर तेह्रथुमको कालिपा गएँ। जुन तत्कालीन इवा गाविसमा पर्दो रहेछ। त्यहाँदेखि अलिक तल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतको पुर्ख्याैली घर रहेछ। ठाउँ चिसो। तर, हरियाली र राम्रो। अझ राम्रो त महेन्द्रजीको परिवार रहेछ।
मुलघरको अगेनोमा बसेर आगो ताप्यौं। महेन्द्रजीको बुबाचाहिँ रेडियोमा समाचार नियमित सुन्नुहुँदो रहेछ। मैले उहाँलाई काका भनें। बिहानको सम्भवतः साढे ८ बजे हुनुपर्छ, ताप्लेजुङको तमोर एफएमबाट समाचार आयो। सुन्दै गर्दा एउटा विज्ञापन पनि आयो। पाँचथरको सुम्हात्लुङ एफएमको रहेछ। सेसेफुङ शेर्माको आवाजमा रेकर्ड भएको विज्ञापनमा रेडियोमा जागिरको कुरा रहेछ।
“के तपाईं रेडियोमा काम गर्न चाहनुहुन्छ ? यदि, चाहनुहुन्छ भने तपाईंलाई हामी अवसर दिन्छौं।” यस्तै व्यहोरोको विज्ञापन थियो।जहाँ, समाचार वाचकलाई फाराम शुल्क १०० सहित एक हजार ६००, कार्यक्रम प्रस्तोतालाई दुई हजार र प्राविधिकलाई दुई हजार ६०० रूपैयाँ तोकिएको रहेछ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया