निर्मलाको न्यायका लागि प्रधानमन्त्रीको फेसबुकमा १० लाख कमेन्ट पुर्‍याउने ! कहाँबाट सुरु भयो योजना ?

बाह्रखरी

काठमाडौँ

सामाजिक सञ्जालमा ‘विनोद ट्रेन्ड’ चलिरहेको थियो । विनोद थारु नाम गरेको एक युट्युब एकाउन्टले स्ले पोइन्ट नाम गरेको च्यालनमा ‘विनोद’ कमेन्ट गरेपछि सुरु भएको विनोद ट्रेन्ड फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक जताजतै चर्चाको विषय थियो । मिम, ट्रोलमा जताततै ‘विनोद’ नाम प्रयोग गर्न थालियो । हाँसो, रोदन, दुःख, सुख, खुसी, पीडा, हरेक भावनाको पर्याय बनेको थियो, विनोद ।

भारतमा चलेको यो लहर नेपाली सामाजिक सञ्जालमा पनि व्याप्त थियो । यता, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ वर्ष पूरा हुँदै थियो । तर, चित्तबुझ्दो अनुसन्धान र हत्याराको क्लुको अभावले घटनाका वास्तविक घटनाबाट पीडकसम्म पुग्न सकेको थिएन ।

‘सुन्दर नेपाली रेग्मी’ नाम गरेको फेसबुक एकाउन्टमा दैनिक काउन्टडाउन जारी थियो । मेन्स रुम रिलोडेड (एमआरआर) नामक फेसबुक ग्रुपमा दैनिक काउन्टडाउन गर्थे उनी ।

सामाजिक सञ्जालको हरेक ग्रुपमा विनोदबारे चर्चा भइरहँदा १ साताअघि ‘रुटिन अफ नेपाल बन्द’ नाम गरेको फेसबुक ग्रुपमा विवेक कार्कीले फोटो पोस्ट गरे जसमा लेखिएको थियो, “विनोद विनोद भनेर के पायौ ? बरु, निर्मला निर्मला भन्दै हिँड ।”

त्यसमा मिन योङले कमेन्ट गरे, “#निर्मला” । नदिम खड्काको पनि कमेन्ट आयो, “निर्मला” ।

प्रकाशित मिति: : 2020-08-17 14:35:47

प्रतिकृया दिनुहोस्