महानगरीय प्रहरी वृत्त कालीमाटीमा थुनामा रहेका एक पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
अदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको प्रहरी स्राेतले बताएकाे छ।
उनलाई ६ दिनअगाडि प्रहरीले पक्राउ गरेको थियो। कुन कसुरमा उनलाई पक्राउ गरिएको हो भन्नेचाहिँ प्रहरीले खुलाएकाे छेन।
अहिले ती संक्रमित पुरुषलाई आइसोलेसनमा लगिएको प्रहरीले जानकारी दिएको छ।