२७ वाणिज्य बैंकको गत आर्थिक वर्षमा ५४ अर्ब ३२ करोड मुनाफा

बाह्रखरी

काठमाडौँ

विजय पराजुली

 

कोभिड १९ को प्रभाव बैंकको वित्तीय विवरणमा देखिएको छ । गत आर्थिक वर्ष (०७६/७७) मा वाणिज्य बैंकहरूको खुद मुनाफामा करिब १२ प्रतिशतले संकुचन आएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले ५४ अर्ब ३१ करोड ६० लाख ८९ हजार खुद मुनाफा आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्ष (०७५/७६) को भन्दा ११.९५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा २७ वटा वाणिज्य बैंकले ६१ अर्ब ६९ करोड १ लाख ५४ हजार खुम मुनाफा आर्जन गरेको थिए । 

गत आर्थिक वर्षमै ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जर भएको तथा कैलाश विकास बैंक, ओम डेभलपमेन्ट बैंक तथा कन्काई विकास बैंक विभिन्‍न वाणिज्य बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु गर्दा यी बैंकले गर्दै आएका व्यवसायसमेत वाणिज्य बैंकमा थपिएको थियो । यसलाई आधार मान्‍ने हो भने वाणिज्य बैंकहरूको खुद मुनाफामा अझै गिरावट आएको देखिन्छ । आर्थिक वर्षको अन्त्यमा गण्डकी विकास बैंक, देव विकास बैंक र सहयोगी विकास बैंक पनि वाणिज्य बैंकमै विलय हुन पुगेका थिए ।

प्रकाशित मिति: : 2020-08-16 16:17:23

प्रतिकृया दिनुहोस्