फुटपाथमा तरकारी बेच्ने द्वन्द्व निर्देशक

सेतोपाटी

काठमाडौँ

सुधिर भण्डारी

 

चार महिना अगाडिसम्म किरण दाहालको दैनिकी 'एक्सन' र 'कट' भन्दैमा जान्थ्यो। लकडाउनले द्वन्द्व निर्देशक किरणको जीवनशैली फेरिदियो। उनी आजकल अनामनगर, भाटभटेनीको सडकछेउमा तरकारीको भाउ भन्दै गरेकी भेटिन्छिन्।

तीन वटा फिल्ममा द्वन्द्व निर्देशन र दर्जन हाराहारीमा सहायक निर्देशक भइसकेकी किरणले केही समयदेखि ठूला चलचित्र पाएकी थिइनन्। छोटा फिल्मबाटै जसोतसो गर्जो टार्दै थिइन्। 

चैत ११ गते लकडाउन भएपछि उनको आम्दानीको सबै श्रोत रोकियो। बचत धेरै थिएन, अलिअलि भएको पैसा सकिँदै गयो।

'एक महिना त कोठामै बसेँ। कोठा भाडा त परै जाओस्, रासन किन्न पनि मुश्किल पर्न थाल्यो,' किरणले भनिन्, 'जागिर खोज्ने पनि सोचेँ। तर त्यस्तो समयमा कता खोज्न जानु, कसले दिने!'

प्रकाशित मिति: : 2020-08-16 07:58:05

प्रतिकृया दिनुहोस्