एकतृत हुँदै मन्त्रालय, छरपस्ट विभाग र निर्देशनालय !

प्रकाश आचार्य

प्रदेश सरकार स्थापनाको समयमा पूर्वाधार अभावले एउटै भवनमा ५ वटासम्म मन्त्रालय राख्नुपर्ने अवस्था रहेको प्रदेश ५ मा त्यसको साढे दुई वर्षपछि मन्त्रालयहरू व्यवस्थित/एकतृत हुँदै गएका छन् । सातवटा मन्त्रालय रहेको प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाहेक अन्य सबै मन्त्रालय सुविधा सम्पन्न भवनमा सरिसकेका छन् । 

पूर्वपश्चिम र सिद्धार्थ राजमार्गसँग सटेको सडक डिभिजन कार्यालय परिसर, बुटवल– ८ मा मन्त्रालय एकतृत भएका हुन् । व्यवस्थित र पर्याप्त पूर्वाधार विनाका भवनमा काम गर्नुपर्दा कर्मचारीले सास्ती समेत भोग्दै आएका थिए । सेवाग्राहीलाई पनि सेवा लिन असहज भएको थियो । 

प्रकाशित मिति: : 2020-08-14 11:31:00

प्रतिकृया दिनुहोस्