'नागरिकता भयापछि पैसा पाइन्या भयो बेलामी'

सेतोपाटी

काठमाडौँ

गोकर्णप्रसाद उपाध्याय

गाउँ र सहर दुवै भएको नेपालमा यी दुवै ठाउँमा मान्छेको ओहोरदोहोर भइरहन्छ। मान्छे सहरबाट गाउँ जाँदा धेरै थोक लिएर जान्छ। पैसा, प्रविधि, सीप, उपकरण र अरू थुप्रै चिज।

तर गाउँबाट सहर छिर्दा उसले लैजाने सबभन्दा महत्वपूर्ण चिज या त आफैं हो, या हो- नागरिकता।

१८ वर्ष, १९ वर्ष, २२ वर्ष। कानुनतः १६ वर्ष पुगेपछि व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र बन्छ। व्यवहारमा भने यस्तै-यस्तै उमेर हो नागरिकता बनाउन आउने।

नागरिकता बनाई दिन साथमा आउँछन्- भरसक बा। नभए आमा। दाजु। बडा बा। काका काकी। तीन पुस्ता भित्रका कोही। कहिलेकाहीँ मावली पनि पुग्छन्। त्यो पनि नभए वडाध्यक्ष र गाउँका जान्ने बुझ्नेहरू।

प्रकाशित मिति: : 2020-08-14 07:51:28

प्रतिकृया दिनुहोस्